दफा २१
मनोनयनपत्र बदर हुने अवस्था
देहायको अवस्थामा उम्मेदवारको मनोनयनपत्र बदर हुनेछः-
(क) संविधान र यस ऐन बमोजिम उम्मेदवारको योग्यता नभएमा,
(ख) उम्मेदवार हुने व्यक्तिको मञ्जुरी नभएमा वा निजको वा निजको प्रस्तावक र समर्थकको सहीछाप नभएमा वा कीर्ते सहीछाप भएमा,
(ग) दफा ५ को उपदफा (२) बमोजिम तोकिएको समयभित्र मनोनयनपत्र दर्ता नभएमा,
(घ) दफा १७, १८ र १९ मा लेखिए बमोजिम मनोनयनपत्र दाखिला नभएमा,
(ङ) दफा ६२ बमोजिमकोधरौटी नराखेमा,
(च) यस ऐन बमोजिम अन्य रीत नपुगेको भएमा ।